खेलकुद

कुवेत चार देशीय टी-२० सिरिजको फाइनलमा

काठमाडौं । कुवेत हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ । शनिबार बिहान सम्पन्न खेलमा कतारलाई ६ विकेटले पराजित गर्दै कुवेत सिरिजको फाइनलमा पुगेको हो ।

 

कतारले दिएको १२५ रनको लक्ष्य कुवेतले १० ओभरमा ४ विकेट गुमाएर पुरा गरेपछि उच्च रनरेटसहित शिर्ष स्थानमा उक्लिएको हो ।

यो जितपछि कुवेतको ३ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

अब नेपाल र हङकङबीचको आजै केहीबेरमा हुने खेलले फाइनलमा पुग्ने दोस्रो देशको टुंगो लगाउने छ । नेपाल प्रतियोगितामा आफ्ना दुवै खेल जितेर अपराजित रहेको छ भने हङकङले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै कतार भने सिरिजमा आफ्ना तिनै खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ । अप्रिल १३ मा पहिलो र दोस्रो स्थानमा रहेका देश फाइनल खेल्ने छन् भने तेस्रो र चौथो स्थानमा रहने देश तेस्रो स्थानका लागि खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *