देश

नेपालमा राजतन्त्रको सम्भावना छैन : कांग्रेस प्रवक्ता महत

महेन्द्रनगर।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्ट्याउने गतिविधि स्वीकार्य नरहने बताए। उनले संवैधानिक रूपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विनाआधारको हल्लामा नपर्न सबैमा आग्रह गरे।

नेता महतले ०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई–मधेशको जीवनरेखाका रूपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरू बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए।

वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *