देश

संबिधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

काठमाडाैं। नेपाल बार एसाेसियसनकाे नव अध्यक्ष बिजय मिश्रले संबिधान संसाेधनमा रचनात्मक सहयाेग गर्ने प्रतिबद्ता जनाएका छन् ।

प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर बिजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन ।

उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्ता जनाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *