देश

प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजीमा मात्र सीमित नभई जनताले प्रत्यक्ष अनुभव गर्नेगरी विकासका कार्यहरूलाई अघि बढाउनुपर्ने बताएका छन्।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सम्पन्न भएका योजनाहरूको जानकारी आम नागरिकलाई स्पष्ट रूपमा गराउनुपर्ने र बाँकी कार्यहरूलाई पनि सोही अनुसार पारदर्शी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा अवस्थित मन्दिरहरूको पुनःनिर्माण र जीर्णोद्धार गरिएको जानकारी गराए। बाग्मती नदी किनारमा धेरै सम्पदाहरू रहे पनि ‘हेरिटेज वाक’ को अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे।

उनले हेरिटेज वाकदेखि नदी किनारको करिडोर व्यवस्थित गर्ने र नदी सरसफाइ गर्ने जस्ता कार्यहरूलाई तत्काल प्राथमिकता दिनुपर्ने बताए। साथै, उनले नदी करिडोर निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। “हाम्रो मुख्य उद्देश्य नदीहरूलाई स्वच्छ बनाउने र दुर्गन्ध हटाउने हो। यसका लागि योजनाबद्ध रूपमा अघि बढ्नुको विकल्प हामीसँग छैन,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *