
मान्म (कालीकोट) । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ। कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ। रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरको सहयोगमा पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले जानकारी दिए। “अहिले पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “आज नै सडक सञ्चालनमा आउँछ।”