कोशी प्रदेश

घरमै खाजा खाने क्रममा झापामा ५४ वर्षीय पुरुषको चट्याङले ज्यान गयो

भद्रपुर (झापा) । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको हो।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भएका मृतक लावती हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *