देश

विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकको शैक्षिक हड्ताल जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बुधबार पनि काठमाडौंको माइतिघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्। सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षक आन्दोलनरत छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरे पनि महासंघले वार्ता अस्वीकार गरेको छ। आफूहरू अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *