देश

गणतन्त्रले ल्याएको शिक्षा विधेयक कार्यान्वयन गर्नुपर्छ: महामन्त्री विश्वप्रकाश

रेसुंगा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेयक गणतन्त्रले ल्याएकाले शिक्षकका समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकका माग पूरा गरेर उनीहरूलाई काममा फर्काउन आवश्यक रहेको बताए।

उनले शिक्षक समस्याको समाधानका लागि कसैलाई आरोप लगाएर उम्कन नमिल्ने बताए। शर्माले देशलाई विकास र समृद्धि आवश्यक रहेको भन्दै राजतन्त्रको वकालत गरेर मात्रै त्यो सम्भव नहुने बताए। उनले कांग्रेस कार्यकर्तालाई विकास र सकारात्मक ऊर्जासहित गाउँगाउँमा पुग्न निर्देशन दिए।

शर्माले राजतन्त्रको समर्थन गर्नेहरूलाई हिंसात्मक गतिविधिमा नलाग्न आग्रह गर्दै स्थिरता कायम गरेर विकासको गति बढाउनुपर्नेमा जोड दिए। उनले श्रीपेच चुनाव चिन्ह लिएर निर्वाचन लडेर बहुमत ल्याउन चुनौती दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *