देश

गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।

तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभावी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजानिक भएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ । मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आफूलाई तोडफोड गर्न लगाएको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *