
काठमाडौँ। जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी १७ वर्षदेखि फरार रहेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली पक्राउ परेका छन्।
छिमेकी ढोडा मुखिया विनको २०६४ वैशाख २५ गते गोली हानी हत्या गरेपछि फरार भएका तेलीलाई प्रहरीले भारतको चम्पारण पिरियास्थित रामजानकी मन्दिरबाट पक्राउ गरेको हो। उनी १० वर्षदेखि पुजारीको रूपमा साधुको भेषमा लुकिछिपी बसेका थिए।
हत्यापश्चात् फरार भएका लोकनाथलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नेपाल आएको मौका छोपी उनलाई सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी सार्वजनिक गरेको हो।