मुख्य समाचार

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते

डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य १ सय ५० जनाभन्दा बढी घाइते भएका छन । मृतकमा प्रान्तीय गभर्नर तथा पूर्वमेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार मंगलबार बिहान जेट सेट नाइटक्लबमा लोकप्रिय मेरेंगु गायक रुबी पेरेजको कन्सर्टका क्रममा दुर्घटना भएको हो ।

उद्धारकर्ताले अझै पनि जीवित व्यक्तिको खोजी जारी राखेका छन । मृतकको संख्या अझै बढ्ने आशंका रहेको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *