काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।पछिल्लो मत परिणामानुसार, अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ३ सयभन्दा बढी मतले अग्रता हासिल गरेका छन् । मिश्रले ७६२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिष्पर्धीमा व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ४५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै अध्यक्षका अर्का उमेदवार राजु कैदीले ५, उज्वल घिमिरेले २ र आशीष पौडेलले ६ मत पाएका छन् ।
यस्तै, महासचिवमा मिश्र प्यानलक केदारप्रसाद कोइराला फराकिलो अन्तरले अगाडी रहेका छन् । उनले ७६८ मत प्राप्त गरेका छन् । त्यस्तै श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् भने हरिशंकर कार्कीले २८ मत पाएका छन् । त्यसैगरी कोषाध्यक्षमा जगतबहादुर कार्कीले ७९६, दीपक राईले ३५९ र विष्णुप्रसाद सापकोटाले ३३ मत पाएका छन् ।
बारको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो । बारमा नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।




