काठमाडौं । बर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजपजि जारी रहनेछ । शनिवार मछिन्द्रबहालदेखि मछिन्द्रनालाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा शुरू भएको हो ।
चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ । जात्राको दोस्रो दिन आईतबार असन चोकबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखनसम्म रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिको अगाडि पु¥याईएइको थियो । तेस्रो दिन आज मरु र चिकन मुगल हुँदै लगनसम्म रथयात्रा जारी रहनेछ ।
अन्तिम दिन, विशेष पूजा पछि, देवतालाई जनबहालमा लगेर सेतो मच्छिन्द्रनाथ मन्दिरमा पुनस्र्थापना गरिन्छ । जात्राको अन्तिम दिन जाडोको पूर्ण अन्त्य र वसन्त ऋतुको प्रारम्भ हुने जनविश्वास छ ।




