काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् ।
मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गरेपनि कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उनको कार्यकक्षमा पुर्याएका हुन् ।
गुरागाईं कार्यालय पुगेपछि नगर प्रहरीले उनलाई रोक्ने प्रयास गरेपनि ठुलो संख्यामा उपस्थित भएका कर्मचारीले नगर प्रहरीको अवरोधलाई छिचोल्दै गुरागाईलाई कार्यकक्षसम्म पुर्याएका थिए ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको ३ देखि ५ महिनासम्मको तलब रोकिएपछि कर्मचारीले गुरागाईलाई कार्यालयमा लागेका हुन् । कर्मचारीहरुले अहिले गुरागाई दोषी साबित नभएकोले काम गर्न दिनुपर्ने र अनुसन्धानपछि दोषी देखिए कारवाही गर्नुपर्ने बताएका छन् ।
गुरागाईलाई कार्यालयमा हाजिर गराउनेक्रममा उपमेयर सुनिता डंगोलको पनि उपस्थिति रहेको छ ।




