खेलकुद

लस एन्जल्ससँग इन्टर मियामी पराजित

काठमाडौँ । इन्टर मियामी लस एन्जल्स एफसीसँग पराजित भएको छ ।

विहिबार बिहान सम्पन्न कोन्काकाफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा लस एन्जल्स एफसीले इन्टर मियामीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लस एन्जल्सको जितमा खेलको ५७औं मिनेटमा नाथन ओरडाजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १० मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *