मुख्य समाचार

बालेन भर्सेस प्रशासकीय अधिकृत: महानगरमा तनाव, प्रहरी परिचालन!

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालय जाने तयारी गरिरहेका बेला नगर प्रहरीले अवरोध गर्ने तयारी गरेको छ ।

 

महानगरका कर्मचारी र वडा अध्यक्षहरुले गुरागाईंलाई हाजिर गराउने प्रयास गरिरहेका बेला नगर प्रमुख बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गर्ने देखिएको हो । अहिले गुरागाईं कार्यालयमा आउने जानकारी पछि उनको कार्यकक्ष अगाडी नगर प्रहरी तैनाथ गरिएको छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको तलब समेत रोकिएको छ । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईले अनियमितता गरेको भन्दै उनलाई कारवाही गर्न र अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *