काठमाडौं । राजावादी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी परिसर, काठमाडौंमा रहेका उनीहरूको थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सो प्रकरणमा पक्राउ परेका ४१ जना मध्ये ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जनामाथि राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ।
यसअघि, आइतबार ५ दिनको म्याद थपिएको थियो, जुन मंगलबार सकिएपछि पुनः म्याद थप गर्न अदालतमा पेश गरिएको थियो।
हिरासतमा रहेका प्रमुख व्यक्तिहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पनि छन्। यसअघि, मंगलबार मात्रै थप १८ जना पक्राउ परेका थिए।




