विश्व

अस्ट्रेलिया अमेरिकी नयाँ कर नीतिको असर कम गर्न प्रतिबद्ध

अमेरिकी सरकारले लगाउने नयाँ कर नीतिको असर कम गर्न अस्ट्रेलियाले व्यापार सम्बन्धहरू विस्तार गर्ने विदेश मन्त्री पेनी वोङ्गले बताउनुभएको छ ।

“हाम्रो व्यापारलाई सुरक्षित राख्नका लागि अन्य देशहरूसँग सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो ।

अमेरिकी रिपोर्टअनुसार, अस्ट्रेलियाका केही कानुनी प्रावधानहरूले अमेरिकी व्यापारमा असर गरिरहेका छन् । यद्यपि, वोङ्गले स्वास्थ्य सेवा र जैविक सुरक्षामा सम्झौता नगर्ने स्पष्ट गर्नुभयो ।

रोजगार मन्त्री मुर्रे वाटले सरकारले अमेरिकी महसुलको असरबारे चिन्ता व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाको कृषि उद्योगलाई मासु तथा अन्य उत्पादनमा १० प्रतिशत वा सोभन्दा बढी महसुल लाग्न सक्ने चेतावनी दिइएको छ ।

सन् २०२३–२४ मा अस्ट्रेलियाले अमेरिकालाई ७.१३ अर्ब अस्ट्रेलियन डलर बराबरको कृषि सामान निर्यात गरेको थियो, जसले अमेरिका दोस्रो ठूलो बजार बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *