राजनीति

माओवादी तराई–मधेस जागरण अभियान पुनः शुरू

काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेस जागरण अभियान पुनः शुरू भएको छ । अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् ।

समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ आयोजना गरेको सभाका कारण स्थगित गरिएको अभियान फेरि सञ्चालन भएको हो । आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् ।

भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ। झापाबाट शुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंग्याइने माओवादीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *