मुख्य समाचार

दुर्गा प्रसाईंको खोजी तीव्र, विशेष ब्यूरोले लियाे कमाण्ड

काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंको खोजी कार्यलाई नेपाल प्रहरीले तीव्रता दिएको छ। प्रहरीले उनको खोजीका लागि विशेष ब्यूरोलाई कमाण्ड सुम्पेको छ।

प्रहरी स्रोतका अनुसार, प्रसाईं नेपालभित्रै रहेको अनुमान गरिएको छ। यसअघि खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेका अनुसन्धानका तथ्यहरू विशेष ब्यूरोलाई बुझाइएको छ। विशेष ब्यूरोले आवश्यक परेमा अन्य युनिटको सहयोग पनि लिन सक्नेछ।

प्रहरीले प्रसाईंलाई पक्राउ गर्न विभिन्न रणनीति अपनाएको छ। प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपाललगायतका व्यक्तिहरूसँगको सोधपुछबाट पनि प्रसाईंको खोजीमा सहयोग पुग्ने प्रहरीको विश्वास छ।

यस घटनालाई गम्भीरतापूर्वक लिएको प्रहरीले प्रसाईंलाई चाँडै पक्राउ गरी कानूनी दायरामा ल्याउने बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *