देश

तीनकुने हिंसा : थप २० जना पक्राउ, कूल ६२ जना प्रहरी हिरासतमा

काठमाडौं । राजधानी तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शुक्रबार राजावादी समूहको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु, दर्जनौँ घाइते र व्यापक तोडफोडको घटना भएको थियो। घटनामा संलग्नता देखिएका व्यक्तिहरूको खोजी कार्य जारी राख्दै आएको प्रहरीले हालसम्म कूल ६२ जनालाई हिरासतमा राखेको छ।

यसअघि पक्राउ परेका स्वागत नेपालसहित केही व्यक्तिहरूको संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको र दोषी उपर कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *