देश

तीनकुने घटना प्रकरणमा थप दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न रहको आरोपमा दुर्गा प्रसाईं समूहका थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको ।पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन्। प्रहरीका अनुसार, बस्नेतलाई ललितपुरबाट र राईलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।

बस्नेत प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का सचिवालय सदस्य हुन्, भने राई पनि सोही अभियानमा सक्रिय थिइन्। चैत्र १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ। आजै प्रहरीको नियन्त्रणमा परेका अर्का व्यक्ति देवी संग्रौला हुन्, जो प्रसाईंका सहयोगी मानिन्छन्। हालसम्म ४२ जना पक्राउ परिसकेका छन्, जसको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रदर्शनका क्रममा भएको हिंसा, तोडफोड र अराजक गतिविधिका दोषीहरूमाथि कारबाही अघि बढाउने प्रहरीको तयारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *