काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई जेल हाल्न संसदमा चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्नुपर्ने बताएपछि उनले यस्तो चुनौती दिएका हुन् ।
उनले संसदको प्रसंग उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’
बैठक सुरु भएलगत्तै सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच कुनमान घिसिङ प्रकरण र राजावादीको आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे चर्काचर्की भएको थियो ।




