देश

हिंसात्मक गतिविधि: प्रमाण उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौं । राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी लगायतका ध्वंसात्मक घटनामा संलग्नमाथि कारबाहीका लागि प्रहरीले सर्वसाधारणलाई प्रमाण उपलब्ध गराइदिन अपिल गरेको छ।

प्रहरीले शुक्रबार काठमाडौंको तीनकुनेमा राजवादी आन्दोलन स्थलबाट ११३ जना पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार एक सूचनामार्फत उक्त घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनका लागि सहयोग गर्न आग्रह गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *