मुख्य समाचार

तीनकुने हिंसा: १ सय १२ राजावादी पक्राउ, आज म्याद थपिने

काठमाडौं। काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न १ सय १२ जना राजावादीलाई आज म्याद थपका लागि अदालतमा लगिने भएको छ।

पक्राउ पर्नेमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल र दुर्गा प्रसाईंको रोयल टास्क फोर्सका कमाण्डर छन्। मुख्य योजनाकार दुर्गा प्रसाईं फरार छन् भने अर्का संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ।

पक्राउ परेकाहरुलाई विभिन्न मुद्दामा अनुसन्धान गर्न म्याद थप गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *