देश

पूर्वराजा ज्ञानेन्द्रलाई पक्रन माग गर्दै ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान सुरु

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनलाई पक्राउ गर्न दबाब दिन सामाजिक सञ्जालमा ‘#ArrestGyanendra’ अभियान सुरु भएको छ।

शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्वराजा शाहलाई पक्राउ गर्न माग गर्दै सर्वसाधारणले पोस्टहरू गर्दै आएका छन्।

तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठान, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी सवारीसाधनमा तोडफोड र आगजनी गरिएको थियो।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म १०० भन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेताहरू पक्राउ परिसकेका छन्।

आन्दोलनको कमान्डर मानिएका दुर्गा प्रसाईंलाई पनि प्रहरीले खोजी गरिरहेको छ। उनी शुक्रबारदेखि फरार रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *