काठमाडौँ । जारी पीएम कपको फाइनल खेल आज हुदै छ । पीएम कपको फाइनल खेल आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार विहान ९ बजेदेखि शुरु हुने छ ।
नेपाल पुलिस क्लब लिग चरणमा ९ खेल मध्ये ८ जित र एक हारसहित १६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
त्यस्तै त्रिभुवन आर्मी क्लबले पनि ९ खेलमा ८ जित र एक हार बेहोरेर १६ अंकसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्दै छन् ।
त्रिभुवन आर्मी क्लब अहिलेसम्मको सबै फाइनल खेल्ने टिम बनेको छ । यसअघि २०१७ र २०२१ मा पीएम कपको उपाधि जितेको आर्मी २०१८, २०१९, २०२२ र २०२४ मा उपविजेता बनेको थियो ।
त्यस्तै नेपाल पुलिस क्लबले तीन पटक पीएम कपको उपाधि जितेको छ । पुलिसले २०१७ मा आर्मीसँग संयुक्त रुपमा उपाधि जितेको थियो भने २०१९ र २०२४ मा उपाधि जितेको थियो ।
अहिलेसम्म पीएम कपको उपाधि विभागीय टिम बाहेक अन्य टिमले जित्न सकेको छैन र यस पटक पनि त्यस्तै हुने भएको छ ।




