
काठमाडौं । राजावादी समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको छ । तोडफोड र आगजनी सुरु भएपछि कर्मचारीहरू भागेर ज्यान जोगाएका छन्।
कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवका अनुसार, दिउँसो साढे २ बजेतिर कार्यालयमा काम गरिरहेका कर्मचारीहरूमाथि अचानक ढुंगामुढा सुरु भएको थियो। कार्यालयको अगाडिका सिसाहरू तोडफोड गरिएका थिए भने बाहिर राखिएका गाडीहरूमा आगजनी गरिएको थियो।
मुख्य भवनमा पनि आगो लगाउने डरले कर्मचारीहरू पछाडिको स्टोरबाट भागेका थिए।