काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगा भन्ज्याङ र नाला भन्ज्याङमा कडाइ गरिएको छ।
यातायात होल्ड
बिपी राजमार्ग हुँदै काठमाडौं जाँदै गरेका सवारी साधनलाई भकुन्डेबेँसीमा रोकिएको छ भने अरनिको राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्न खोज्ने गाडीलाई पाँचखालमा होल्ड गरिएको छ।




