काठमाडौं । तीनकुने क्षेत्रमा आज राजावादी समूहका प्रदर्शनकारीहरूले आक्रमण गर्दा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ। प्रदर्शनकारिहरूको उग्र व्यवहारले स्थिति तनावपूर्ण बनाएको छ।
प्रदर्शनकारीहरूले नारा लगाउँदै र विरोध प्रदर्शन गर्दै सडकमा उत्रेका थिए। यस क्रममा उनीहरूले सशस्त्र प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्दा एक महिला प्रहरीको टाउकोमा चोट लागेको हो। घटनामा सशस्त्र प्रहरीको सुरक्षा बल सक्रिय रहँदै विरोध प्रदर्शनलाई शान्ति पूर्वक नियन्त्रणमा लिन कोशिस गर्दै थिए।
यस घटना पश्चात तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति अहिले पनि तनावपूर्ण छ। प्रहरी बलले उच्च सतर्कता अपनाएका छन् र थप कुनै अप्रिय घटनाको रोकथामका लागि घटनास्थलमा अन्य सुरक्षाकर्मी तैनाथ गरिएको छ।




