काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले राष्ट्रपति पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन् ।
भेटमा देशको समसामयिक परिस्थितिबारे छलफल भएको उनले बताएका छन्।राष्ट्रपतिको भेटपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्य प्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो ।’




