देश

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु

तुलसीपुर। तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुई जनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उनले बताए । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चार जनालाई घरमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष जिसीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *