काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी विधेयक संसदीय उपसमितिबाट फरक मतसहित पारित भएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिबाट उक्त विधेयक पारित भएको हो।
उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बारेको प्रतिवेदन समिति सभापति रामहरि खतिवडालाई हस्तान्तरण गरेका छन्।
उपसमिति सदस्यहरूले विधेयकमा कुलिङ पिरियड, कर्मचारी युनियन र अतिरिक्त सचिवका सम्बन्धमा फरक मत राखेका छन्। रास्वपा डा. चन्दा कार्की र राप्रपा सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीमा दलीय ट्रेड युनियन खारेज हुनुपर्ने माग राखेका छन्। उनीहरूले एक मात्र आधिकारिक कर्मचारी युनियन राख्नुपर्ने प्रस्ताव राखेका छन्।
त्यस्तै, प्रदेश मन्त्रालयहरूमा अतिरिक्त सचिव राख्नुपर्ने माओवादी, रास्वपा, नेकपा एस, राप्रपा र जसपा नेपालका सांसदहरूको प्रस्ताव छ।




