देश

कर्मनाशा खोलाको बगर किर्ते प्रकरणमा ८ जना भूमाफिया पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलस्थित कर्मनाशा खोलाको बगर किर्ते गरी आफ्नो नाममा लिएर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, भूमाफियाहरूले नापी र मालपोत कार्यालयमा ‘सेटिङ’ मिलाई ५ आना जग्गालाई १ रोपनी १५ आना बनाएर बेचेका थिए। पक्राउ परेकाहरूमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन रहेका छन्।

अनुसन्धानका क्रममा २०६८ सालमा सुजिता खड्काको नाममा गएकाे ५ आना जग्गामा किर्ते गरी क्षेत्रफल बढाइएको खुलेको छ। पछि उक्त जग्गा राधेश्याम श्रेष्ठको नाममा १ रोपनी १२ आना २ पैसा पास गरिएको पाइएको छ। ललितपुर प्रहरीले उनीहरूलाई १० दिनअघि पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *