देश

काठमाडौं टावर भत्काउने महानगरको तयारी, सरकारसँगको विवाद उत्कर्षमा

काठमाडौं। काठमाडौं महानगरपालिका सरकारसँगको विवादको कारक बनेको काठमाडौं टावर नै भत्काउने तयारी गरेको छ ।

निर्माणाधिन टावरको नक्सा पासको विषयमा सरकार र महानगपालिकाको विवाद चरम उत्कर्षमा पुगेपछि टावर नै भत्काउने निर्णयमा पुगेको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको हो । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले सरकारले काठमाडौं टावरको भवन भत्काउन बाध्य भएको बताए ।

उनले भने,’सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। यसले गर्दा महानगरको काम नै ठप्प भएको छ। काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो। यसमा कस्को कस्को संलग्नता छ त्यो बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।’

महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गरेपछि सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा तीन महिनादेखि महानगरपालिकाको काम प्रभावित बनेको छ ।

काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि महानगरपालिकाले गुरागाईँलाई कारबाही गर्दै हाजिर हुन दिएको छैन । तर सरकारले भने गुरागाईँलाई नै हाजिर गराउन ताकेता गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *