विश्व

युद्धको नयाँ मोड: ब्ल्याक सीमा आक्रमण रोक्न रुस-युक्रेन सहमत

काठमाडौँ । रुस र युक्रेन ‘ब्ल्याक सी’ मा आक्रमण रोक्न सहमत भएका छन् ।अमेरिकाको पहलमा रुस र युक्रेन दुवैले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र कालो सागरमा सैन्य आक्रमण रोक्न सहमत भएका हुन् ।

अमेरिकाले दुई देशले युद्धबन्दी आदानप्रदान गर्न, कैदमा परेका नागरिकहरूलाई रिहा गर्न र जबरजस्ती रुस लगिएका युक्रेनी बालबालिकाहरूलाई फिर्ता ल्याउन मद्दत गर्ने बताएको छ ।

युक्रेन र अमेरिकाले रुसी र युक्रेनी पावर प्लान्टहरूमा कुनै पनि आक्रमण गर्नु हुँदैन भन्ने कुरामा सहमति जनाएका छन् र यसका लागि आवश्यक कदम चालिने बताइएको छ ।

साथै, अमेरिकाले यसले रुसलाई कृषि उत्पादन र मल निर्यातमा मद्दत गर्नेछ र रुसको बन्दरगाहहरूमा पहुँचलाई सहज बनाउने उल्लेख गरेको छ ।

अमेरिकाले दुवै देशलाई यो युद्ध अन्त्य गर्न आवश्यक छ र शान्ति वार्तामा सहयोग गरिरहने कुरा स्पष्ट रूपमा बताउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *