देश

‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ’

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताएका छन् ।

भूमि समस्या समाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उनले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकार प्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताए ।

मुख्यमन्त्री शाहले एकै ठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए। उनले सङ्घीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *