खेलकुद

ललितले ६ विकेट लिएपछि पुलिसको नवौं जित, कर्णाली पराजित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ ।

मंगलबार लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको हो ।

पुलिस क्लबले दिएको १४७ रनको लक्ष्य पछाएको कर्णाली २४ ओभरमा अल आउट हुदै १०३ रन मात्र बनाएको थियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ६ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ र करण केसीले एक विकेट लिए । यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४८ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

यो जितपछि पुलिसले अपराजित रहदै नवौं जित हासिल गरेको छ र १८ अंकसहित् शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *