काठमाडौँ । जारी पीएम कपमा मधेश प्रदेशले सुदूरपश्चिमलाई पराजित गरेको छ ।
मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले दिएको १०३ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले २९ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले १९ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।त्यस्तै मधेशका विशाल पटेलले ६ विकेट लिएका थिए भने प्रदिप पासवानले ३ र रुपेश सिंहले एक विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको मधेशले ४२.३ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनाएको थियो । मधेशका लागि प्रदिप पासवानले २३, पवन सराफले १९ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले ४-४ विकेट लिएका थिए ।
यो मधेशको तेस्रो जित हो । ८ खेलमा ३ जित र ५ हार बेहोरेको मधेशको ६ अंक भएको छ । त्यस्तै सुदूरपश्चिमको भने यो छैटौं हार हो । ९ खेलमा ३ जित र ६ हारसहित सुदूरपश्चिमको ६ अंक रहेको छ ।




