खेलकुद

नेपाल-मलेसियाको बिचकाे फुटबलसाँझ ७ः४५ वाट सुरू हुदै

काठमाडौं। नेपाल र मलेसिया बिचको खेल आज साँझ हुदैँछ ।एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा  नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू हुदैँछ ।

एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमामा रहेका छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज पहिलो प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म ७ पटक मलेसियाको सामाना गरेको नेपालले ६ पटक पराजय भोग्न परेको थियो । तर, सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको एउटा मात्रै रेकर्ड रहेको छ ।

गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई भने हराएर आज मलेसियासँग मैदानमा उत्रन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *