काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुलस्थित गुठी संस्थानको जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको छ। गुठी संस्थानको स्वामित्वमा रहेको सो जग्गामा वर्षौँदेखि अनधिकृत रूपमा टहरा बनाइएकाले महानगरले डोजर प्रयोग गरी हटाएको हो।
गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीका अनुसार महानगर र गुठी संस्थानको समन्वयमा अतिक्रमित संरचना हटाइएको हो। गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका संरचनामाथि कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको हो, सुवेदीले बताए।
उनले लामो समयदेखि कब्जा गरिएको जग्गा फिर्ता गर्नका लागि संस्थानले पहल गर्दै आएको र हाल संरचना हटाउने काम भइरहेको जानकारी दिए।




