खेलकुद

इण्डियन प्रिमियर लिग : सनराइजर्स हैदरावादको विजयी सुरुवात

काठमाडौं । सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।

हैदरावादको राजीव गांधी स्टेडियममा आइतबार सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो । टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।

जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे। साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए। हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ , मोहम्मद सामी र एडन जाम्पाले समान १ विकेट लिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *