विश्व

एर्गोदानका प्रतिद्वन्दी मेयर इमामोग्लुलाई जेल पठाउन अदालतको आदेश

काठमाडौँ । इस्तानबुलका मेयर एकराम इमामोग्लुलाई अदालतको आदेशमा जेलचलान गरिएको छ ।

अदालतमा बहसपछि इजलासले इमामोग्लुलाई आइतबार इजलासले पक्राउको अनुमति दिदै पुर्पक्षका लागि थुनामा पठाएको सिएनएनले उल्लेख गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रतिद्वन्द्वी एकराम इमामोग्लुलाई बुधबार पक्राउ गरिएको थियो ।

यो कारबाही इमामोग्लुलाई २०२८ को राष्ट्रपति पदको उम्मेदवारको रूपमा छनोट हुनुभन्दा केही दिन अघि गरिएपछि उनका समर्थकले लगातार प्रदर्शन गरिरहेका छन् । बिहीबारदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । टर्कीका अधिकारीहरूले प्रदर्शनको तेस्रो दिन शुक्रबार राति देशभर ३४३ जनालाई पक्राउ गरिएको बताएका छन् ।

इमामोग्लु शनिबार इस्तानबुल अदालतमा उपस्थित भए र अभियोजकहरूले आतंकवाद र भ्रष्टाचारको आरोपमा उनलाई औपचारिक गिरफ्तारीको लागि अपील गरेका थिए । इमामोग्लुले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन् ।

यसैबीच आफ्नो भाषणमा राष्ट्रपति एर्दोगानले बढ्दो विरोध प्रदर्शनको निन्दा गरेका छन् । उनले इमामोग्लुको विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी ) लाई ‘शान्ति खलबल्याउने र जनतालाई ध्रुवीकरण गर्ने’ प्रयास गरेको आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *