खेलकुद

कोलकातालाई हराउँदै बैंगलोरको विजयी सुरुवात, आज दुई खेल हुँदै

काठमाडौँ।इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल्स च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ।

साविक च्याम्पियन कोलकातालाई उसकै मैदानमा ७ विकेटले हराउँदै बैंगलोरले सानदार सुरुवात गरेको हो। आरसीबीले ३ वर्षपछि कोलकातालाई हराएको हो। लगातार ४ हारपछि आरसीबीले कोलकातामाथि जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। उसका लागि कप्तान आजिंक्य रहाणेले ३१ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्दा सुनिल नारेनले ४४ रन बनाएका थिए। त्यस्तै अंकृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले १२ रन बनाएका थिए। आरसीबीका लागि क्रुनाल पाण्ड्याले ३ विकेट लिंदा जोस ह्याजलवुडले २ तथा यश दयाल, रसिक सलाम र सुयश शर्माले १-१ विकेट लिए।

१ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले उक्त लक्ष्य २२ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो। उसका उसको जितमा फिल साल्ट र विराट कोहलीले अर्धशतकीय इनिङ खेले। साल्ट ३१ बलमा ५६ रन बनाएर आउट हुँदा कोहली ३६ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे। त्यस्तै कप्तान रजत पाटिदारले ३४ रन बनाउँदा लियम लिभिङस्टोन १५ रनमा अविजित रहे।

प्रतियोगितामा दोस्रो दिन आज दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो ३:४५ मा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिडंदा राति ७:४५ मा हुने खेलमा चेन्नई सुपर किंग्स र मुम्बइ इन्डियन्स भिडने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *