सम-सामयिक

एक आपासमा मोटरसाइकल ठोक्किदा दाङमा एकको मृत्यु

दाङ। एकाबिहानै दुई मोटरसाइकल एक आपासमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार यसरी दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारमा लगिएको तर उनको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१६, गुर्जे खोलामा ठोक्किन पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *