देश

अहिलेको परिस्थितिमा कांग्रेस र जनता एकजुट हुनुपर्छ: महामन्त्री थापा

रूपन्देही।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान परिस्थितिमा नेपाली कांग्रेस र नेपाली जनता एकजुट हुनुपर्ने बताएका छन्।

भैरहवामा नेता कार्यकर्तासँगको अनौपचारिक भेटघाटको क्रममा थापाले समय र परिस्थितिअनुसार पार्टीमा एकजुट भएर काम गर्न निर्देशन दिएका हुन्।

थापाले जनताले नेपाली कांग्रेसबाट बढी अपेक्षा गरेको बताउँदै जनताका समस्या र पिरमर्कामा सधैँ रहन आग्रह गरे।

नेपाली कांग्रेस सबैभन्दा ठूलो सङ्गठन भएको र जनताको आशा र भरोसा रहेको उनको भनाइ थियो। अहिले नेपाली जनताले देश विकास नेपाली कांग्रेसबाट नै हुने आशा र अपेक्षा गरेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *