मुख्य समाचार

कांग्रेस अधिवेशन समयमै नभए पार्टी कमजोर बन्छ: डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले २०८३ मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन नभए पार्टी कमजोर बन्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयमै अधिवेशन नभए पार्टीको भविष्यमा गम्भीर असर पर्ने बताए।

कोइरालाले २०८३ मंसिर मसान्तसम्म अधिवेशन हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा समेत त्यसबारे आवाज उठाउन कार्यकर्तालाई आग्रह गरे। “नेपाली कांग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिऔं हौँ साथीहरू। एकदम सिरियस कुरा छ यो। हामीले आवाज उठाएनौं भने कसैले आवाज उठाउँदैन,” उनले भने।

उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तता नरहेको दाबी गर्दै सबै मिलेर देश बनाउनुपर्ने बताए। “सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिन्छ,” उनले भने, “देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी छ।”

उनले कांग्रेसको चलायमान अधिवेशनबाट नै पार्टीलाई बलियो बनाउन सकिने बताए। “को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ,” उनले भने, “तर अधिवेशन समयमै हुनुपर्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *