काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल नेतृत्वको सैनिक टोली कर्णाली भ्रमणपछि राजधानी फर्किएको छ। सुदूर पश्चिमको कैलाली र कर्णालीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सहभागी भई सिग्देल सैनिक हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्।
प्रधानसेनापति सिग्देलको नेतृत्वमा ३२ सदस्यीय सैनिक टोली सो सम्मेलनमा सहभागी हुन राजधानीबाट गएका थिए। नेपाली सेनाको कलसाइन एनए ०६२ कासा जहाजमार्फत उत्तर–पश्चिम एयरबेस, वीरेन्द्रनगर–१२ बाट सैनिक टोली काठमाडौंतर्फ उडेको थियो।




