देश

सुकुना माविमा दुर्लभ संयोग: एकै विद्यालयका आठ जुम्ल्याहा एसइई परीक्षार्थी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले यस वर्षको एसइई परीक्षामा दुर्लभ संयोग देखेको छ। उक्त विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एकैपटक एसइई परीक्षा दिइरहेका छन्।

सुकुना माविबाट कोशी प्रदेशमै सबैभन्दा बढी ६२६ विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। तीमध्ये आठ जना जुम्ल्याहा विद्यार्थी रहेका विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए।

विद्यालयले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिरहेको छ। वि.सं. २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो।

प्रदेशकै नमूना विद्यालय मानिने सुकुना माविमा +२ सहित हाल ४ हजार ५०० विद्यार्थी अध्ययनरत छन्। कोशी प्रदेशमा यस वर्ष ८० हजारभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *