
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि लिखित र ट्रायल परीक्षा पास गराउने भन्दै रकम असुली गरेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन्।
काठमाडौंको गोकर्णेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा परीक्षार्थीहरूलाई विभिन्न प्रलोभन देखाउँदै रकम असुल्न खोजेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहार कसुरमा अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो। यस घटनापछि लाइसेन्स परीक्षासम्बन्धी ठगी प्रकरणमा थप निगरानी बढाइने प्रहरीले जनाएको छ।